नियम १९३
म्याद थप गर्न सकिने
(१) कसैले यस नियमावलीमा तोकिएको म्यादभित्र पेश्की
फछ्र्यौट गर्न नसक्ने मनासिब कारण खुलाई निवेदन दिएमा अधिकार प्राप्त
अधिकारीले बढीमा एक्काइस दिनसम्मको म्याद थप गर्न सक्नेछ । सोभन्दा बढी म्याद
थप दिनु पर्ने भएमा सम्बन्धित स्थानीय निकाय समक्ष पेश गर्नु पर्नेछ ।
(२) कुनै कामको ठेक्का स्वीकृत भईसकेपछि निर्धारित शर्त बमोजिम लिएको
पेश्की फछ्र्यौट गर्ने म्याद बढाउनु पर्ने विशेष परिस्थिति पर्न आएमा सम्बन्धित
स्थानीय निकायको स्वीकृति लिनु पर्नेछ र यसरी म्याद थपिंदा जमानतको म्याद नाघ्ने
भएमा त्यसको म्याद समेत बढाउन लगाउनु पर्नेछ ।